नेपालमा २१ लाखले पाए चालक अनुमति पत्र

नेपालमा २१ लाखले पाए चालक अनुमति पत्र

नेपालमा २१ लाख व्यक्तिले सवारी चालक अनुमति पत्र स्मार्ट ड्राइभिङ लाइसेन्स प्राप्त गरेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७ प्रतिवेदनले यस्तो देखाएकोे हो ।

सर्वेक्षणका अनुसार गत फागुन मसान्तसम्म २० लाख ८७ हजार ६८३ स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण गरिएको जनाएकोे छ ।
२०७७ असारसम्म १८ लाख १३ हजार २९१ जनालाई वितरण गरिएकोमा त्यसपछिको ८ महिनामा २ लाख ७४ हजारलाई स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण गरिएको हो ।