राष्ट्रपतिद्वारा तीन वटा अध्यादेश जारी

राष्ट्रपतिद्वारा तीन वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदले सिफारिस गरेका तीन वटा अध्यादेश जारी गर्नुभएको छ । शनिबार विज्ञप्तीमार्फत आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्नुभएको हो ।

उक्त तीन वटा अध्यादेशमध्ये आज ४ बजे सरकारले आर्थिक वर्ष २०७८र७९ को वार्षिक आय व्यय विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन नहुने भनिए पनि सरकारले आज बजेट प्रस्तुत गर्दैछ । साथै, सर्वाेच्च अदालतमा दायर भएका मुद्धाहरु फैसला लागिनसकेको अवस्थामा र प्रतिनिधिसभा ब्युँतिएको अवस्थामा अहिले ल्याइएको बजेट रद्ध गरेर अर्काे पूर्ण बजेट ल्याइनेछ ।

संसद विघटन गरेपछि मतदाता प्रभावित पार्ने कार्यक्रम राख्न नहुने, पूर्ण आकारको बजेट ल्याउन नहुनेलगायत सार्वजनिक खबरदारीलाई सरकारले बेवास्ता गरेको छ ।