कर्मचारीको मासिक तलब २ हजार बढ्यो

कर्मचारीको मासिक तलब २ हजार बढ्यो

 सरकारले सरकारी कर्मचारीको मासिक तलब २ हजार रुपैयाँले बढाएको छ ।

शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले पौडेलले कर्मचारीको मासिक तलब २ हजारले बढाइएको बताए ।

साथै, कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा दिने भएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने बजेटमा ब्यवस्था गरिएको हो ।