लालझाडी युवा क्बलको आयोजनामा निशुल्क आँखा र दाँत शिविर सम्पन्न

लालझाडी युवा क्बलको आयोजनामा निशुल्क आँखा र दाँत शिविर सम्पन्न

कञ्चनपुरको पुर्नवास नगरपालिकामा निशुल्क आँखा र दाँत शिविर बुधबार सम्पन्न भएको छ । स्थानीय लालझाडी युवा क्बलको आयोजनामा शिविर सम्पन्न भएको हो ।

शिविरको प्रदेश सभा सदस्य तारालामा तामाङले उद्घाटन गरेका थिए । उनले विभिन्न गाउँ पुगेर यसरी शिविर सञ्चालन गर्दा जनतालाई राहत हुने गरेको बताए ।

‘सबै व्यक्तिहरु उपचार केन्द्रसम्म जान सक्दैनन्’, उनले भने, ‘ग्रामिण बस्तीसम्म पुगेर निशुल्क शिविर गर्ने संघ संस्थालाई मेरो पनि सहयोग रहने छ ।’

शिविरमा पाँच सय ५० जनाले आँखाको उपचार गराएको थिए । जसमा सय जनाको मोति बिन्दुमा समस्या देखिएको शिवनगर डेन्टल होम धनगढी चौराहाका सञ्चालक तथा डेन्टिस दिपकप्रसाद रेग्मीले जानकारी दिए । यस्तै तीन सय ५० जनाले आँखा परिक्षण गराएका थिए ।