घोडाघोडी नगरपालीकाले सँघिय सरकारबाट ५८ करोड २ लाख अनुदान पाउने

घोडाघोडी नगरपालीकाले सँघिय सरकारबाट ५८ करोड २ लाख अनुदान पाउने

कैलालीको घोडाघोडी नगरपालीकाले संघिय सरकारबाट ५८ करोड २ लाख रुपैया अनुदानमा पाउने भएको छ । नगरपालीकाले समानीकरण, सशर्त, समपूरक र विशेष गरी ५८ करोड २ लाख अनुदान पाउने भएको हो । जस्मा चालु तर्फको ५१ करोड ५ लाख तथा पुजिगत तर्फको ६ करोड ९७ लाख रकम रहेको छ ।


यस्तै कैलालीका ६ वटा नगरपालिकाले तीन अर्ब १० करोड, ६ गाउँपालिकाले दुई अर्ब ६ करोड अनुदान पाउने छन । प्रदेसको एक मात्रै उपमाहानगरपालीका धनगढी उपमहानगरपालिकाले ८८ करोड ३५ लाख रुपैयाँ संघिय सरकारबाट अनुदानमा पाउने भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ ।

सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने गर्दछ ।