कञ्चनपुरमा बेवारिसे अवस्थामा अवैध सामान फेला

कञ्चनपुरमा बेवारिसे अवस्थामा अवैध सामान फेला

धनगढी: कञ्चनपुर प्रहरीले बेवारिसे अवस्थामा छोडिएका अवैध सामान फेला पारेको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका १,३,७ र ८ का विभिन्न स्थानमा भारतबाट अवैध रुपमा ल्याइएका २६ हजार २२० मूल्य बराबरको अवैध सामान फेला परेको प्रहरीले बताएको छ।

बिस्कुट, अखाद्य पेय पदार्थ, गुड, चिनी, कोलगेटलगायतका सामान फेला परेकोमा कानून अनुसार बरामद गरी आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाइको छ।