कैलालीमा जेठ १९ देखि कोरोना विरुद्धको खोप लगाइने

कैलालीमा जेठ १९ देखि कोरोना विरुद्धको खोप लगाइने

कैलालीमा जेठ १९ कोरोना विरुद्धको खोप लगाइने भएको छ। जिल्ला स्वास्थय कार्यालय कैलालीका अनुसार जिल्लाका विभिन्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा ५५ वर्ष माथिका नागरिकलाई दोस्रो मात्रा डोज खोप लगाइने भएको हो।
दरख स्वास्थ्य चौकी, लम्किचुहा अस्पताल ,मालाखेती अस्पताल,चौमाला प्राथामिक स्वास्थ्य केन्द्र, धनगढी रंगशाला, र टीकापुर अस्पतालबाट ३ हजारलाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा डोज लगाइने स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख लालबहादुर धामीले बताए।
तर जिल्लामा दोस्रो मात्राका लागि आवस्यक खोप भने छैन।