सेती प्रयोगशालामा ३८ जनामा कोरोना पुष्टि ,६ जना डिस्चार्ज

सेती प्रयोगशालामा ३८ जनामा कोरोना पुष्टि ,६ जना डिस्चार्ज

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।  २ सय ८१ जनाको परिक्षण गर्दा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । 
हाल अस्पतालमा थप ५१ जनाको उपचार भइरहेको छ ।

अस्पतालमा ३ जना  भेन्टिलेटर, १६ आइसीयु र  ३३ जनाको अक्सिजन सर्पोट उपचार भइरहेको अस्पतालका  सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । अस्पतालबाट ६ जना डिस्चार्ज भएका छन् भने १० जना भर्ना भएका छन् ।