एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्न मन्त्रिपरिषद्लाई शिक्षा मन्त्रालयको प्रस्ताव

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्न मन्त्रिपरिषद्लाई शिक्षा मन्त्रालयको प्रस्ताव

माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिअनुसार नै गराउने शिक्षा मन्त्रालयले प्रस्ताव गरेको छ ।

सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरिएको छ ।

यस वर्ष पनि गत वर्षकै विधिअनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदलाई पठाइएको छ । गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी परीक्षाको नतिजा सार्वजनिक गर्न तीन सदस्यीय मूल्यांकन समिति गठन गरिएको थियो ।