बैतडीमा थप १ जना संक्रमितको मृत्यु, ७ जनामा संक्रमण पुस्टि

बैतडीमा थप १ जना संक्रमितको मृत्यु, ७ जनामा संक्रमण पुस्टि

सोमबार बैतडीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ का ७८ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ। उनको  जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो। 

 

यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ भने २९ जनाले कोरोना जितेका छन्। 

सोमबार गरिएको परीक्षणमा पाटन नगरपालिकाका २ जना, दशरथचन्द नगरपालिका , मेलौली नगरपालिका पुर्चौडी नगरपालिका , शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाका १÷१ जना गरि थप ७ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ। 

यो संगै बैतडीमा कोरोनाका सक्रिय सक्रमितको सङख्या ४ सय ९८ पुगेको छ।