लडेर घाइते भएका बृद्धको उपचारका क्रममा मृत्यु

लडेर घाइते भएका बृद्धको उपचारका क्रममा मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ का ७५ वर्षीय जंग बहादुर विष्टको लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

आइतबार राति लडेर घाइते भएका भनिएका उहाँलाई उपचारका लागि स्वास्थ्यचौकी भल्कामा लगिएको थियो। उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार मापसे गरेको अवस्थामा कुलोमा लडेर ज्यान गएको बताएपनि परिवारमा झगडा भएको र मृतकको शरीरमा चोट लागेकाले अनुसन्धानको क्रममा रहेको प्रहरीले बताएको छ ।उहाँको शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।