सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजवाट सुरु हुँदै

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजवाट सुरु हुँदै

सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन आज शुक्रवार बाट सुरु हुँदैछ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेश प्रमुखवाट आठौं अधिवेशन आव्हान भएकाले आज दिउँसो ३ वजे प्रदेशसभा सदस्यलाई उपस्तिथिका लागि अनुरोध गरेको छ ।

बजेट अधिवेशनको रुपमा लिइने यस अधिवेशन आव्हानका लागि यस अघि बुधवार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुखलाई आग्रह गरेको थियो ।

आजदेखि बस्न लागेको अधिवेशनमा सरकारको चालु आर्थिक वर्षको प्रगतिमाथि समिक्षा र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम माथि छलफल हुनेछ ।