बढ्यो सुनको मुल्य, तोलाको कति ?

बढ्यो सुनको मुल्य, तोलाको कति ?

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय बढेको छ ।

शुक्रबार प्रतितोला ९३ हजार ४ सय रहेको छापावाल सुन आज ९४ हजार १ सय छ । त्यस्तै तेजावी सुन ९३ हजार ६ सय तोकिएको छ ।

आज चाँदीको मूल्य १ हजार ३५५ रूपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।