सेती प्रादेशिक अस्पतालले माग्यो १० जना स्वास्थ्यकर्मी र कर्मचारी

सेती प्रादेशिक अस्पतालले माग्यो १० जना स्वास्थ्यकर्मी र कर्मचारी

कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालले १० जना स्वास्थ्यकर्मी र कर्मचारीको माग गरेको छ । अस्पतालले आइतबार एक सूचना जारी गर्दै १० जना करारमा स्वास्थ्यकर्मी र कर्मचारीको माग गरेको हो ।

जसमा स्वास्थ्यकर्मीतर्फ फिजिसियन (नवौ तह)२ जना, पेडियाट्रिसियन (नवौ तह)२ जना, सर्जन (नवौ तह) १ जना, एनेष्थेसियोलोजिष्ट (नवौ तह) १ जना, मेडिकल अधिकृत (आठौ तह) ३ जना र कर्मचारी तर्फ सूचना प्रबिधी अधिकृत १ जना रहेका छन । ६ महिने करार अवधिका लागि खोलिएको विज्ञापनमा ७ दिने भित्र आवेदन दिन भनिएको छ ।