भारतमा भित्रियो मनसुन, मुम्बईमा ठूलो वर्षा, धेरै ठाउँ जलमग्न

भारतमा भित्रियो मनसुन, मुम्बईमा ठूलो वर्षा, धेरै ठाउँ जलमग्न

भारतमा मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ ।

मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ ।

वर्षाका कारण पानी जमेपछि स्थानीय रेल सेवा बन्द गरिएको छ । यस्तै, वर्षाका कारण केही ठाउँमा ट्राफिक जामसमेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज पुणेमा पनि वर्षाको सम्भावना रहेको खबरमा उल्लेख गरिएको छ ।