बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

 कञ्चनपुरमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–४ का  ५३ बर्षीय धन बहादुर गुरुङले ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर आएपछी आइतबार राती गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।

बालीकाको स्वास्थ्य परिक्षण भएको र अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।