सामाजिक विकास मन्त्री खड्का सहितको टोलीद्वारा टीकापुर अस्पतालको अनुगमन

सामाजिक विकास मन्त्री खड्का सहितको टोलीद्वारा टीकापुर अस्पतालको अनुगमन

धनगढी | सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, राज्यमन्त्री मना कुमारी साउँदसहित मन्त्रालयकाे टोलीले बुधवार टिकापुर अस्पताल निरीक्षण अनुगमन गरेको छ । 

अनुगमनका क्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष , दीपक रावल, मेसु रेम कुमार राई, काङ्ग्रेस संसदीय दलका नेता रणबहादुर रावल, संविधानसभा सदस्य गरीमा शाह तथा अस्पतालका कर्मचारीबिच अस्पतालको समग्र अवस्था , समस्या र समाधानका उपाय बारे छलफल भएको मन्त्रीका स्वकीय सचिव भुवन बडूवालले बताए । 

त्यसक्रममा टिकापुर अस्पतालमा ५० बेड थप गर्ने, कम्तीमा १५ बेड भेन्टिलेटर को व्यवस्था गर्ने, टिकापुर अस्पतालको प्रयोगशालालाई थप व्यवस्थित गर्ने र टिकापुर अस्पताल मा दक्ष जनशक्तिको व्यवस्थापन गर्ने र स्वास्थ्य कर्मीको बिमा तथा सुविधामा करार मा कार्यरत कर्मचारीलाई पनि समेट्नेमा प्राथमिकता दिइने मन्त्री लालबहादुर खड्काले बताएका छन् ।