सङ्खुवासभा : निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा

सङ्खुवासभा : निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा

सङ्खुवासभाको खाँदबारी नगरपालिका-८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् ।

धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका-७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् ।

विवाहमा अन्य कुनै तडकभडक देखिएन । कोभिड-१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।