जिल्लाको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको तीन दिन पछि शवको पोष्टमार्टम गरिएको छ । असार ५ गते मृत अवस्थामा फेला परेकी धामीको तीन दिनपछि जोगबुडा अस्पतालमा शव परीक्षण गरिएको हो ।
पोष्टमार्टम रिर्पोटमा उनको बलात्कार र हत्या भएको भन्ने विषयमा कुनै तथ्य फेला नपरेको उच्च पदस्थ प्रहरी अधिकारीले जानकारी दिएका छन् । अब उनको भिसेरा परीक्षण गरिने जनाएको छ ।
असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो ।