सपनाहरू मसंग किन हो किन आउन मान्दैनन्

सपनाहरू मसंग किन हो किन आउन मान्दैनन्

सपनाहरू मसंग किन हो किन आउन मान्दैनन्।
त्यहीँ भएर त यी आँखा पनि निदाउन मान्दैनन्।

सम्झाए देखि तिमीले ढुङ्गा झैँ भनेर यो मनलाई, 
यी परेलाहरू पनि आफुलाई भिजाउन मान्दैनन्।

नजर लागेछ सायद उनको खुसीमा पनि अचेल ,
हैरान छुँ किन ती ओठहरू मुस्कुराउन मान्दैनन्।

डराएछन संघर्षका भीरहरू संग त्यसैले हुनुपर्छ,
जीवनमा खुसीहरू उपस्थिती जनाउन मान्दैनन्।

कुनै कुनै पीडाहरू पनि निकै लोभलादा हुन्छन,
त्यसैले त हातहरूले यादहरू जलाउन मान्दैनन।
                          २०७८/०३/०७ महेन्द्रनगर