सिराहामा २ फरक बलात्कारका घटना : एक आरोपी राइस मिलका मालिक

सिराहामा २ फरक बलात्कारका घटना : एक आरोपी राइस मिलका मालिक

सिरहामा कामदारमाथि बलात्कार गरेको एक व्यापारी पक्राउ परेका छन् । सिरहाको गोलबजारका व्यापारी महेश साहलाई जबरजस्ती करणी मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।

साह धनगढीमाई नगरपालिका–९ मा सञ्चालित कौशल एग्रो ट्रेडर्स ९राइस मिल० र गोलबजारस्थित राइस मिलका मालिक हुन् । उनीविरुद्ध बिहीबार कौशल एग्रोमा काम गर्ने एक महिला कामदारले इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् ।

उनीविरुद्ध बिहीबार इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी मुद्दा दर्ता भएको डीएसपी दाहाल बताउनुभयो।

पीडित महिलाको जाहेरीपछि आरोपित साहलाई बिहीबार नै पक्राउ गरिएको लहानका डीएसपी तपन दाहालले बताउनुभयो। जिल्ला अदालत सिरहाबाट शुक्रबार म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाका धनाढ्य व्यापारीमध्येका एक साहलाई उम्काउन नेता, सांसद, मन्त्रीदेखि व्यापारीसम्मले सक्रियता बढाएको स्रोतले बतायो । यतिसम्म कि, दबाब र प्रभावमा पारेर बयान फेर्नसमेत दबाब बढाएको पीडितको पारिवारिक स्रोतले बताएको छ।

‘अहिले पीड़ितको पत्ता छैन् । परिवारिक स्रोतका अनुसार परिवारमा निकै दवाव रहेको छ पीडित अहिले सम्पर्क बिहीन अवस्थामा छन्,’ सिरहाका एसपी हीरा पाण्डेले भने, ‘कसैको पेसा र पहुँचको आधारमा प्रहरी नचल्ने भन्दै अपराधको प्रकृतिअनुसार कानुनबमोजिम कारबाही हुन्छ।’

त्यस्तै सिराहाकै सिराहा नगरपालिकामा पनि अर्को बलात्कारको घटना सार्वजनिक भएको छ । पीडित महिलाका अनुसार आसार ७ गते दिउसो करीब २:०० बजेको हो । सिरहाको सिरहा नगरपालिका २ स्थित एक ६ वर्षीय अवोध बालिका नातामा काका पर्ने २७ वर्षीय पुरुषबाट बलात्कृत भएको घट्ना सार्वजनिक भएको हो ।

आरोपित २७ वर्षीय बिरेन्द्र ठाकुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । कर्जन्हा नगरपालिकाकी १५ वर्षीय बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । आरोपित बुबा भने फरार रहेको प्रहरीले बताएको छ ।