युवा संघ नेपाल सुदूरपश्चीम द्धारा आपतकालिन रक्तदान कार्यक्रम

युवा संघ नेपाल सुदूरपश्चीम द्धारा आपतकालिन रक्तदान कार्यक्रम

 धनगढी।  स्वर्गीय मदन भण्डारीको ७० औं जन्मदीनको अवसरमा धनगढीमा आपतकालीन रक्तदान कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

सुदूरपश्चीम प्रदेशका भौतिक विकास मन्त्री दीर्घ सोडारीले जननेता भण्डारीको फोेटोमा माल्र्यापण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन गरेका हुन । युवा संघ नेपाल सुदूरपश्चीम प्रदेश कमिटी द्धारा आयोजीत कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य दिपक सिंह, युवा संघका केन्द्रीय मदन रेग्मी, राजु वम सदस्य तथा अनेरा स्ववियुका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

साथै सोही अवसरमा सुदूरपश्चीम प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीले समेत रगत दान गरेकी छन । युवा संघ प्रेदश अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब मोहन साउँदले गरेका थिए । आपतकालीन रक्तादन कार्यक्रममा ५१ प्वाइन्ट रगत संकलन भएको अध्यक्ष श्रेष्ठले बताए ।