जननेता मदन भण्डारीको ७० औँ जन्म जयन्तीको अवसरमा मन्त्री पूर्णा जोशीद्वारा रक्तदान

जननेता मदन भण्डारीको ७० औँ जन्म जयन्तीको अवसरमा मन्त्री पूर्णा जोशीद्वारा रक्तदान

धनगढी । स्वर्गीय मदन भण्डारीको ७० औँ  जन्मदिनको अवसरमा धनगढीमा आपतकालीन रक्तदान कार्यक्रमको आयोजना गरी मनाइएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक विकास मन्त्री दीर्घ सोडारीले जननेता भण्डारीको फोटोमा माल्यार्पण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन गरेका हुन ।

आपतकालीन रक्तदान कार्यक्रममा ५१ प्वाइन्ट रगत सङ्कलन भएको युवा संघ नेपाल  सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बाबु राजा श्रेष्ठले बताए ।  रक्तदान कार्यक्रममा सुदूरपश्चिमकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले समेत रक्तदान गरेकी थिइन् ।

कार्यक्रममा युवा सङ्घका केन्द्रीय सदस्य तथा प्रदेश  सह इन्चार्ज मदन रेग्मी, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य दीपक सिंह, युवा सङ्घका केन्द्रीय सदस्य प्रदेश सचिव मोहन साउद  तथा अनेरा स्ववियुका केन्द्रीय सचिवालय सदस्य विशाल खड्का तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।