सुदूरपश्चिमका अर्थमन्त्री शाहको कुलदेवता मन्दिरमा एक करोड बजेट

सुदूरपश्चिमका अर्थमन्त्री शाहको कुलदेवता मन्दिरमा एक करोड बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा मन्दिर निर्माणका लागि १९ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।

सोही क्रममा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आफ्नो कुलदेवताको मन्दिरमा पनि बजेट विनियोजन गरेका छन् । बाजुराको खप्तड छेडेदेह गाउँपालिका(४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि एक करोड रूपैयाँ विनियोजन गरिएको हो ।

सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्ष २०७८र७९ का लागि एक सय ७२ वटा मन्दिर, चर्च र गुम्बा निर्माण गर्न १६ करोड ७२ लाख बजेट विनियोजन भएको छ । जसमा एउटा चर्च, तीनवटा गुम्बा र बाँकी सबै मन्दिर छन् ।