‘सुदूरपश्चिम प्रदेश पर्यटन विधेयक’ पारित

‘सुदूरपश्चिम प्रदेश पर्यटन विधेयक’ पारित

सुदूरपश्चिम प्रदेश सभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन विधेयक २०७७’लाई पारित गरेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बिहीवारको बैठकमा विधेयक प्रस्तुत गरेका थिए। यसअघि विधेयकमाथिका छलफलमा प्रदेशसभा सदस्य अमरबहादुर साउँद, देवकी मल्ल, मालामति रानाथारु र डिल्लीराज पन्तले भाग लिएका थिए।