भारतमा ४६ हजार नयाँ संक्रमित, मृतकको संख्या चार लाखभन्दा बढी

भारतमा ४६ हजार नयाँ संक्रमित, मृतकको संख्या चार लाखभन्दा बढी

भारतमा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी नयाँ संक्रमितहरू थपिएका छन्।

सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ६१७ जना नयाँ संक्रमित थपिएका हुन्। पछिल्लो समयमा दैनिक संक्रमितको संख्या ५० हजारभन्दा कम हुदै गएको पाइएको छ।

दैनिक लाखौँ नयाँ संक्रमित थपिने गरेको भारतमा केही हप्तादेखि संक्रमितको संख्यामा कमी आउन थालेको छ। संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल संक्रमित मध्ये ९७.०१ प्रतिशत संक्रमितहरू संक्रमणमुक्त भएको जानकारी दिएको छ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या पाँच लाख नौ हजार ९६३ रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड चार लाख ५८ हजार २५१ पुगको मन्त्रालयले जनाएको छ। त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ३१२ जनाको मृत्यु भएको पनि मन्त्रालयलका अधिकारीहरूले जानकारी दिएका छन्। ती मध्ये ८५३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा भारतमा थप ५९ हजार ३८४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त भएकाहरूको कुल संख्या भने दुई लाख ९५ लाख ४८ हजार ३०२ पुगेको छ।