महेन्द्रनगर जेसीजको समन्वयमा रेरि बाकेले गर्यो १०५ परिवारलाई राहत बितरण

महेन्द्रनगर जेसीजको समन्वयमा रेरि बाकेले गर्यो  १०५ परिवारलाई राहत बितरण

महेन्द्रनगर ।रारा मानविय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरि बाके) ले महेन्द्रनगर जेसीजको समन्वयमा राहत वितरण गरेको छ ।शुक्रबार कंचनपुरको महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरि रेरि बाकेले लामो समयदेखिको लकडाउनका कारण समस्यामा परेका अति गरिब, असहाय र अपांगता भएका व्यक्तीहरुलाई लक्षित गरि राहत वितरण गरेको हो । संस्थाले १०५ परिवारलाई प्रती घर ३५ किलो चामल सहित दाल नुन तेल चिनी चियापत्ती वितरण गरेको हो । रेरि बाकेले रु.चार लाख अठतीस हजार रकम बराबरको राहत वितरण गरेको छ। 
कंचनपुरबाट सुरु गरिएको राहत कार्यक्रम सुदुर नेपालका अन्य ५ जिल्लामा समेत गरिने कार्यक्रमका संयोजक मनोज पौडेलले जानकारी दिए। रेरि बाकेको सौजन्य र महेन्द्रनगर जेसीजको समन्वयमा राहत वितरण सम्पन्न भएको समेत उनले बताए।
रेरि बाकेका अध्यक्ष पुनित विक्रम शाहले लकडाउनका कारण कुनै पनि गरिब असहायहरुले भोक भोकै बस्नुपर्ने अवस्था नआओस् भन्ने उदेश्यले सुरु गरिएको राहत कार्यक्रम दाङ लगायत बाके, बर्दिया ,कैलाली र सल्यान समेत आयोजना गरिने बताए। 
रेरि बाकेले बिगत २० वर्षदेखि पश्चिम नेपालमा सामाजिक विकास, स्वास्थ्य क्षेत्र वातावरण संरक्षण र अपांगता हकहितका लागि अग्रणी संस्थाको रुपमा काम गर्दै आएको संस्थाका अध्यक्ष शाहले बताए।
उक्त राहत वितरण कार्यक्रमका प्रमुख अतिथि भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट रहेका थिए भने महेन्द्रनगर जेसीज वर्ष २०२१ का अध्यक्ष हरिश प्रसाद भट्ट सभापति रहेका थिए। साथै उक्त कार्यक्रममा महेन्द्रनगर जेसीज कंचनपुरका पुर्व अध्यक्षहरु लगायत महेन्द्रनगर जेसीजका अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।