सुदूरपश्चिमका डिआइजी कँडेललाई ५ प्रश्न ? भन्छन्, ‘निर्मला हत्या प्रकरणको अझै नयाँ र पुरस्कृत ढङ्गले अनुसन्धान हुन्छ’

सुदूरपश्चिमका डिआइजी कँडेललाई ५ प्रश्न ? भन्छन्, ‘निर्मला हत्या प्रकरणको अझै नयाँ र पुरस्कृत ढङ्गले अनुसन्धान हुन्छ’

धनगढी । हालसालै सरुवा भएर सुदूरपश्चिम आएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कँडेलले प्रदेशको शान्ति सुरक्षा कायम गर्नु आफ्नो महत्त्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । डिआइजी कँडेलले बिहीबार मात्रै कैलाली पुगेर प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।

गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत (डिआइजी) उत्तम राज सुवेदीको केही दिनअघि मात्रै काठमाडौँ सरुवा गरेपछि उहाँको ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागबाट कँडेललाई सुदूरपश्चिम प्रदेश पठाइएको हो ।

उहाँले प्रदेशमा सीमा सुरक्षा, लागु औषध, सडक दुर्घटना र सीमामा हुने तस्करी लगायतका घटनाहरू मुख्य चुनौती रहेको बताउदैं आफ्नो कार्यकालमा यस्ता घटनाहरू न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । साथै उहाँले निर्मला हत्या प्रकरणको पनि अझ नयाँ र पुरस्कृत ढङ्गले अनुसन्धान हुने बताउनुभएको छ ।

प्रस्तुत छ, सुदूरपश्चिम प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कँडेल सँग गरेको कुराकानीको सम्पादित अंशः


१. तपाईँले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षाको विषयलाई कसरी लिनु भएको छ, वा हेर्नु भएको छ ?

२. तपाईँले सेवाको क्रममा विभिन्न अनुभवहरू बटुल्नुभएको छ । तपाइले यहाँको शान्ति सुरक्षामा देख्नु भएका चुनौतीहरू के–के हुन ?

३. तपाईँ यहाँको प्रदेश सरकार र स्थानीय सरकार सँग के–कसरी समन्वय गरेर अगाडी बढ्नु हुन्छ ? तपाईँको योजना के छ ?

४. सरलाई अवगत भएकै कुरा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा बलात्कार पछि हत्या भएको निर्मला पन्तको घटना । त्यो घटनाको अहिले सम्म निरूपण नभएको हुँदा अहिले प्रहरीले जतिसुकै राम्रो काम गरे पनि जस नपाउने, प्रहरीले राम्रो गर्दै छ समेत नभन्ने वातावरणको सिर्जना भएको छ सुदूरपश्चिममा अब तपाईँले तपाईँले हत्यारा पत्ता लगाउन प्रहरी प्रशासन कसरी परिचालन गर्ने र के-कसरी अनुसन्धान प्रक्रिया अगाडी बढाउनु हुन्छ ?

५. हामीले गर्नु पर्ने सहयोग र सुझाउनु पर्ने ठाउँहरूमा हामी सधैँ तयार नै छौँ । र अन्तिममा यस प्रदेशमा शान्ति सुरक्षा कायम राख्न वा विभिन्न घटनाहरू कम गर्न तपाईँले आफ्नो तर्फबाट के गर्नु हुन्छ ? साथै यहाँ नागरिकहरू बाट तपाईँले अपेक्षा गरेको सहयोगहरू के-के हुन अनि सुदूरका नागरिकले प्रहरी प्रशासनलाई के-कसरी सहयोग गर्न सक्छन् सर ?