दार्चुलामा सुन्तला जोन कार्यक्रम लागु गरिने

दार्चुलामा सुन्तला जोन कार्यक्रम लागु गरिने

दार्चुलामा सुन्तला जोन कार्यक्रम लागु गरिने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत जिल्लामा आगामी आर्थिक २०७८-०७९ मा ‘सुन्तला जोन’ कार्यक्रम सुरु गरिने भएको हो।

जिल्लाका करिब ५० हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफुल उत्पादन हुने भएपछि कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका निमित्त कार्यालय प्रमुख विष्णुप्रसाद ओझाले बताए।

गत पौष २८ गते जिल्ला परियोजना समन्वय समितिको बैठकले जिल्लामा फलफुल जोन स्थापनाका लागी गरेको माग अनुसार आगामी आर्थिक वर्षबाट सुन्तला जोन कार्यक्रम संञ्चालनमा ल्याइने उनले बताए।

यहाँका हिमाली क्षेत्रमा हुने सुन्तलाको उत्पादनलाई वृद्धि गरी व्यवसायीकरण गराउन कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउदै उनले परियोजनाका लागि प्रारम्भिक चरणको कार्यक्रम जिल्लामा आइपुगेको बताए।

यसका लागि विहिबार मात्रै जिल्ला परियोजना समन्वय समितिको बैठकले सुन्तला उत्पादन हुने क्षेत्रहरुको क्षेत्र निर्धारण गरिसकेको जनाएको छ।