प्रधानमन्त्रीलाई दुर्गा प्रसाईंले भने-‘बिएन्डसी चलाउ कि बन्द गरौँ ?’

प्रधानमन्त्रीलाई दुर्गा प्रसाईंले भने-‘बिएन्डसी चलाउ कि बन्द गरौँ ?’

बिएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मेकिडल कलेज सम्बधनबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठोस निर्णय लिन भनेका छन् ।

लामो समयदेखि सम्बन्धनको पर्खाइमा रहे पनि सम्बन्धन नपाएपछि शनिबार पत्रकार सम्मेलन गर्दै उनले बिएन्डसीलाई सम्बन्धन दिने सन्दर्भमा ठोस निर्णय लिन प्रधानमन्त्री ओलीलाई भने ।

आयोजित सम्मेलनमा ६ पृष्ठ लामो पत्रमा बिएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन, सरकार आफैंले सञ्चालन गर्न वा सधैंका लागि बन्द गर्ने विषयमा अविलम्ब स्पष्ट र ठोस निर्णय लिन अनुरोध गरिएको छ।

पत्रमा भनिएको छ, ‘यस मेडिकल कलेजलाई सम्वन्धन दिन, वा सरकार आफैले संचालन गर्न वा सधैका लागि वन्द गर्ने विषयमा अविलम्व स्पष्ट र ठोस निर्णय लिनहुन नेपाल सरकार खासगरि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष अनुरोध गर्दछौं।’

साथै, नेपाली नागरिकहरुको खुन पसिना सिंचित मेची अंचलवासीको धरोहर संस्थालाई तहस नहस पार्न लागिपरेको पनि आरोप लगाएका छन् ।

उनले पत्रमा भनेका छन्, ‘नेपाली नागरिकहरुको खुन पसिना सिंचित मेची अंचलवासीको धरोहर संस्थालाईदेशको मेडिकल शिक्षा र स्वास्थ्य सेवा ध्वस्त र तहस नहस पारी नेपाली विद्यार्थी र नेपाली विरामी विदेश निर्यात गरिहने तथा कमिशनले गुजारा गर्ने पुस्तैनी पेशा निरन्तर चलाइराख्न आदत परेका र विदेशी दलालहरुले चलाएका कथित अभियन्ता र कथित नागरिक समाज र दलालहरुबाटयो देशलाई सुरक्षित राख्न समेत म तथा मेची अंचलवासिको तर्पmबाट नेपाल सरकार तथा सम्माननीय प्रधानमन्त्री ज्यु समक्ष पुनः अनुरोध गर्दछु।’