मंगलबारदेखि जोर–बिजोर प्रणालीको अन्त्य : सबै सवारी चलाउन पाइने

मंगलबारदेखि जोर–बिजोर प्रणालीको अन्त्य : सबै सवारी चलाउन पाइने

कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू गरिएको जोर–विजोर प्रणाली हटाइने भएको छ ।

ललितपुर, काठमाडौं र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले असार २२ गते (मंगलबार)बाट निजी तथा सार्वजनिक सवारीमा जोर–विजोर प्रणाली हटाउने निर्णय गरेका हुन् ।

त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएको थियो भने अब माइक्रो, टेम्पोसमेत चल्न पाउने भएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालद्वारा जारी आदेशमा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सञ्चालनको अनुमति दिइएको उल्लेख गरिएको छ ।

त्यस्तै, थप खुकुलो प्रावधानसहित जारी निषेधाज्ञालाई असार मसान्तसम्म लम्ब्याइएको छ ।