आज पनि एमाले कार्यदलको बैठक बस्ने

आज पनि एमाले कार्यदलको बैठक बस्ने

नेकपा (एमाले) कार्यदलको बैठक आज पनि बस्ने भएकाे छ । पार्टी एकताका विषयमा छलफल गर्न आज दिउसो १ बजे कार्यदलको बैठक बस्ने भएकाे हाे । 

एमालेको कार्यदलको सोमबार पनि बैठक बसेको थियो। सोमबारको बैठकमा सामान्य छलफल भए पनि मूल विषयमा प्रवेश गरिएको थिएन। आज विषयवस्तुमा केन्द्रित भएर छलफल गरिने बताइएकाे छ । 

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन्।