माधव नेपाल भेट्न प्रचण्ड एयरपोर्टबाट सिधै कोटेश्वर

माधव नेपाल भेट्न प्रचण्ड एयरपोर्टबाट सिधै कोटेश्वर

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

पार्टी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन जनकपुर पुगेर फर्किएका प्रचण्ड विमानस्थलबाट सोझै नेपाल निवास कोटेश्वर पुगेका हुन्। 

नेता नेपालका स्वकीय सचिव मोहन गाैतमले दुई नेताबीच भेट भएको तर कुराकानीका विषय भने जानकारी नभएको बताए। एमालेभित्रको विवाद मिलाउन कार्यदल सक्रिय रहेका बेला प्रचण्ड र नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। 

एमालेभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गरेको भन्दै नेता नेपाल प्रचण्डसहितको विपक्षी गठबन्धनमा आवद्ध छन्।