सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ पेश

सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ पेश

धनगढी : प्रदेश सभाको आजको बैठकमा प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ पेश गरेको छ ।

माघ १८ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको विधेयकमाथि विरोधको कुनै सूचना प्राप्त नभएपछि सरकारले छलफलका लागि प्रदेश सभामा पेश गरेको हो ।

बैठको अध्यक्षता गर्नुभएका उप सभामुख निर्मला बडाल जोशीले विधेयक माथि कुनै विरोधको सूचना प्राप्त नभएक कारण प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहलाई विधेयक पेश गर्न अनुमति दिए ।

विधेयक पेश गर्दै मन्त्री शाहले विधेयक माथि विरोध नआएका कारण सभामा छदलफल गर्ने उद्देश्यका साथ विधेयक पेश गरेको बताए । 

विधेयकमा ५ परिच्छेद र ४५ दफा रहेका छन् । यो विधेयक पारित भएपछि प्रदेशमा स्थानीय प्रशासन ऐन २०२८ विस्थापित हुने छ ।