एमाले विवाद समाधानका लागि कार्यदलको बैठक बस्दै

एमाले विवाद समाधानका लागि कार्यदलको बैठक बस्दै

नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक अहिले बिहान पुन: बस्ने भएको छ। एमाले एकता जोगाउन भन्दै केही समय अगाडि गठन भएको कार्यदल सोमबारदेखि फेरि सक्रिय भएको हो।

यसअघि सोमबार र मंगलबार सम्पन्न  बैठकमा पार्टी विवादका विषयलाई कसरी टुंगोमा पुर्‍याउने भन्नेमा छलफल भएको थियो। 

यसअघिको बैठकमा पार्टीभित्रको विवादित विषय, भिन्न मत र असहमति कहाँ–कहाँ छन् र यसलाई कसरी समाधानमा पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको कार्यदलका सदस्य नेता गोकर्ण विष्टले बताए।

कार्यदलका सदस्यहरुबीच अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संयुक्त वक्तव्य जारी गर्ने विषयमा समेत छलफल भएको जनाइएएको छ। बुधबार बिहान ८ बजे बस्ने बैठकले त्यससम्बन्धमा ठोस निर्णय गर्न सक्ने उक नेताले बताए।

यसअघि मंगलबारको यस विषयमा समेत छलफल भएको थियो। थप गृहकार्य गरी आजको बैठकले यो विषय टुंगो लगाउने नेताहरुले बताएका छन्।