प्रचण्डविरुद्ध उजुरी दिन पूर्वमाओवादी नेता निर्वाचन आयोगमा

प्रचण्डविरुद्ध उजुरी दिन पूर्वमाओवादी नेता निर्वाचन आयोगमा

नेकपा एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरु माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोग जाने भएका छन् ।

सर्वोच्चले नेकपा भंग गरेपछि केपी ओली नेतृत्वमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा जान लागेका हुन् ।  एमाले प्रवेश गरेको एक पूर्व माओवादी नेताका अनुसार माओवादी केन्द्र आफैंमा अवैधानिक भएको र यस्तो पार्टीले आफूहरुलाई कारबाही गर्न मिल्दैन भन्दै निर्वाचन आयोगमा जान लागेको हुन् ।

पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा (बादल) समूहले आयोगमा उजुरी दिन लागेका हुन् । नेताहरु आज दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर पार्टीले आफूहरुलाई कारबाही गरेकोबारे ध्यानाकर्षण गराउने जनाइएको छ ।

माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लायतलाई कारबाही गरेको थियो । त्यही कारणका कारण उनीहरुको सांसद पद गएको थियो ।