राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भने-‘बैठकमा मोबाइल नचलाउनु र बोलिरहेको बेला ओहोरदोहोर नगर्नू’

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भने-‘बैठकमा मोबाइल नचलाउनु र बोलिरहेको बेला ओहोरदोहोर नगर्नू’

राष्ट्रियसभा बैठकमा मोबाइल फोन नचलाउन र सांसद बोलिरहेको बेला ओहोरदोहोर नगर्न भनि सांसदहरुलाई सचेत गरिएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरु मोबाइल फोन र सांसद बोलिरहँदा ओहोरदोहोर गरेपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुलाई सचेत गराएका हुन् ।

बैठकमा उनले भने, ‘माननीय सदस्यहरु कतिपय वक्ता माननीयज्यूहरुको अगाडिबाट ओहोरदोहोर भएको र बैठक कक्षमा मोबाइल फोनको समेत प्रयोग भएको सन्दर्भमा माननीय सदस्यहरुलाई राष्ट्रियसभा नियमावली २०७५ को नियम २० र २१ मा रहेका नियमहरूको स्मरण गराउन चाहन्छु ।’

राष्ट्रियसभा होस् वा प्रतिनिधिसभाको बैठक बैठक चलिरहँदा सांसदहरुको मोबाइल फोन चलाउने आदत पूरानै रहेको छ । हट्न सकेको छैन । कुनै कुनै सांसदले त सभामा मोबाइलबाट सेल्फी पनि खिच्ने गरेका छन्