जसपाको विवाद टुङ्ग्याउन प्रमुख आयुक्त थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन

जसपाको विवाद टुङ्ग्याउन प्रमुख आयुक्त थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन

जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न निर्वाचन आयोगले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ ।

आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय गरेको छ ।

यदि कानून व्यवसायी राख्ने भए साथै ल्याउन भनिएको छ । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।

ऐनअनुसार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको जनाइएको छ ।