टीकापुरमा भेटिएको शव हराएको बालकको भएको पुष्टि, सुन भेटियो चाँदी भेटिएन

टीकापुरमा भेटिएको शव हराएको बालकको भएको पुष्टि, सुन भेटियो चाँदी भेटिएन

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट सोमबार बेपत्ता बालकको शव फेला परेको छ । 

६ बजे टिकापुर नगरपालिका ४ बागमारा स्थित जमरा कुलाको किनारमा फेला परेको शव हराएका बालकको रहेको प्रहरीले पुष्टि गरेको छ । 

स्थानीय दिलिप बिस्टका करिब ३ वर्षका छोरा विवेक सोमबार ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए । उनको केहि बेर अघि शव भेटिएको हो । पानीमा डुबेको अवस्थामा शव फेला परको छ। उनले कानमा लगाएको सुन भेटिए पनि चादिको बाला फेला नपरेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । 

घटनको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विश्व अधिकारी धनगढीबाट टिकापुर लागेका छन् ।