प्रधानमन्त्री ओली र नेपाल वार्तामा, दोस्रो तहका नेताहरु पनि सहभागी

प्रधानमन्त्री ओली र नेपाल वार्तामा, दोस्रो तहका नेताहरु पनि सहभागी

पार्टी विबाद समाधान गर्न गठित कार्यदलले सक्रिय भएलगत्तै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच बुधवार साझ भेटवार्ता भएको छ । काठमाडौंको नागपोखरी स्थित म्यारिअट होटलमा जारी भेटवार्तामा दोस्रो तहका नेताहरु पनि सहभागि भएका छन् ।

ओली र नेपालको छलफलमा कार्यदलका एउटा संयोजक भीम रावल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागि भएका छन् । यस्तै नेता सुवास नेम्वाङको पनि बैठकमा सहभागिता रहेको छ । ओली र नेपालबीच ५२ दिनपछि औपचारिक भेटवार्ता भएको हो । पछिल्लो पटक गत जेठ २ गते दुइ नेताबीच सिंहदरवारमा भेटवार्ता भएको थियो ।

पार्टीमा देखिएको विबाद समाधान गर्न गठित कार्यदलले सहमतिको खाका बनाइरहेको समयमा भएको ओली नेपाल भेटवार्तालाई निकै चासोका साथ हेरिएको छ ।

ओली र नेपाललाई पार्टी एकताको सन्देश दिनेगरी संयुक्त व्यक्तव्य जारी गर्न कार्यदलका नेताहरुले सुझाएका छन् । बिहीवार बस्ने बैठकले सहमति गर्ने कार्यदलका सदस्यहरुले दावी गरेका छन् ।