महाधिवेशन नजिकिए संगै बझाङमा जिल्ला सभापतिका लागि १० नेताको चर्चा

महाधिवेशन नजिकिए संगै बझाङमा जिल्ला सभापतिका लागि १० नेताको चर्चा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको चहलपहल सुरु भएको छ ।

बझाङमा जिल्ला सभापतिका लागि १० जनाको चर्चा सुरु भएको छ । अन्य आकाक्षीहरु नखुले पनि सभापति बन्नका लागी भित्र भित्रै कसरत भने सुरु भएको छ । बझाङमा यसपटक ३ हजार देखि ३ हजार ८ सयको हाराहारीमा क्रियाशील सदस्य थपिएका छन । त्यसको लिष्ट केन्द्रीय कार्यालयमा पठाएको छ । आधिकारीक लिष्ट अहिले सम्म नपुगेको र बझाङ जिल्लामा कांग्रेसका क्रियाशील सदस्यको संख्या लगभग ७ हजार ७ सय पुगेको बझाङ काँग्रेसले जनाएको छ । ३

हजार ८ सय जना नयाँ क्रियाशिल सदस्य थपिएपछि सदस्य संख्या बढेको हो । कांग्रेसमा पुराना ३ हजार ९ सय जना क्रियाशिल सदस्य रहेका थिए । नेपाली काँग्रेस बझाङका पुर्व पार्टी सभापति पृथ्वी बहादुर सिंहले नेपाली काँग्रेस लोकतान्त्रीक पार्टी भएकाले सबैको योगदान ठुलो रहेको र सभापतिमा धेरै जना आकांक्षी हुनु स्वभाविक भएको बताए । उनले भने पार्टीले बैठक बोलाएको छैन ।

बैठक कहिले बस्ने भन्ने छलफल भएको छैन । हामी अहिले चुनाव नगरेर निर्विरोध रुपमा सहमति गरेरै सभापति चुन्ने प्रयासमा छौ । अहिले सामाजिक संजालमा धेरैले सभापतिमा आकांक्षा रहेको जनाएका छन । जिल्ला बाहिर बाट अधिवेशनका लागी काँग्रेसका कार्यकर्ता जिल्ला भित्रिन थालेका छन । अब केहि दिनमै पार्टीको जिल्ला कार्य समितिको बैठक बसेर सबै टुङगो लगाएर अधिवेशनको तयारीमा जुटेका छौ । बझाङ काँग्रेसमा जिल्ला सभापतिका लागी १० जना आकांक्षी देखिएका छन ।

जयपृथ्वी नगरपालिकाबाट वर्तमान पार्टी सभापति हर्कजंङ बहादुर सिंह, क्षेत्रिय सभापति भरतराज जोशी, पुर्व जिविस सभापति चेतराज बजाल र बुङगल नगरपालिका बाट तरुण दलका पुर्व केन्द्रिय उपाअध्यक्ष प्रताप गुर्धामीको चर्चा चलिरहेको छ ।

यस्तै मष्टा गाउँपालिकाबाट पार्टी उपसभापति ज्ञान बहादुर बोहरा, सुर्मा गाउँपालिकाबाट, १३ औ अधिवेशनमा जिल्ला सभापति पदमा पराजित भएका खडक बहादुर बोहोरा, पार्टी प्रवक्तमापुस्कल बोहोरा, केदारस्युँ गाउँपालिकाबाट १३ औ अधिवेशनमा जिल्ला सभापतिमा पराजित रमेश भन्डारी, थलारा गाउँपालिकाबाट १३ औ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदारी फिर्ता गरेका देवराज शर्मा र खप्तड छान्ना गाउँपालिकाबाट महासमिती सदस्य जगत प्रसाद जोशीको पनि चर्चा चलेको छ ।

यता वित्थडचिर, तलकोट, दुर्गाथली, छविसपाथिभेरा र साईपाल गाउँपालिकाबाट भने सभापतीमा उठ्ने को चर्चा छैन ।