निष्कर्षविहीन सकियो अध्यक्ष ओली र माधव नेपालको भेटवार्ता : आज कार्यदलको बैठक बस्ने

निष्कर्षविहीन सकियो अध्यक्ष ओली र माधव नेपालको भेटवार्ता : आज कार्यदलको बैठक बस्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ । बुधबार साँझ नक्सालस्थित मेरियट होटेलमा दुई शिर्ष नेताबीचको ‘वान टु वान वार्ता’ सकिएको छ ।

वान टु वान वार्ताका क्रममा दुवै पक्षका एमाले नेताहरु पनि सहभागी रहेका थिए । करिब तीन घन्टाको वार्तापछि बाहिरिएका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग केही प्रतिक्रिया नदिइ बाहिरिएका छन् ।

एमाले एकता गर्न गठित नेपाल पक्षका कार्यदलका संयोजक भीम रावलले भने एमालेमा देखिएको अन्र्तविरोधको समाधान गरेर जाने कुरा भएको बताएका छन् । त्यसबाहेक बैठकमा भएका कुराकानीबारे रावलले केही जानकारी दिन चाहेनन् ।

नेपाल पक्षकै नेता सुरेन्द्र पाण्डेले भोलि कार्यदलको पुनः बैठक बस्ने बताएका छन् । उनका अनुसार आज बैठकमा के के कुराकानी भयो भन्ने विषयमा भोलि पुनः कार्यदलको बैठक बसिनेछ र त्यसपछि सबै कुरा सार्वजनिक गरिनेछ ।