बैतडीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

बैतडीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

बैतडीमा प्रहरीले एकनाले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका (१ सकारका ३८ वर्षीय लक्ष्मण भट्टराई र ३६ वर्षीय नारदप्रसाद भट्टराई रहेका छन्। उनीहरुलाई बिहीबार बराइल रौटे जंगलबाट फर्किरहेको अवस्थामा बन्दुकसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भईरहेको र हातहातियार तथा खरखजना ऐन अनुसार कारबाही हुने प्रहरी निरीक्षक राजेश शाहीले बताए।