नगरबस र स्कुटर एकआपसमा ठोकिदा दुई जना घाईते

नगरबस र स्कुटर एकआपसमा ठोकिदा दुई जना घाईते

गणेश साउद

नगर बस र स्कुटर एकआपसमा ठोक्किदा दुई जना घाईते दिपायल सिललगढी नगरपालिकाको नगर बस र स्कुटर एकआपसमा ठोक्किदा दुई जना घाईते भएका छन् ।

शुक्रबार ४ बजेतिर सिलगढीबाट दिपायल जादै गरेको से १ ख १७६३ नम्बरको नगर बस र विपरीत दिशाबाट आउदै गरेको म २ प ५६४५ नम्बरको स्कुटर दिपायल सिललगढी नगरपालिका ५ को चिसापानीमा एकआपसमा ठोक्किदा स्कुटरमा सवार दुई जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सुचना अधिकारी रबिन्द्र चन्दका अनुसार दिपायल सिलगढी नगरपालिका ४ बस्ने २९ वर्षिय दिपकराज पन्त र ३४ वर्षिय पुर्ण मलासि घाईते भएका छन् । घाईतेको शैलेश्वरी अस्पताल दिपायल डोटीमा उपचार भईरहेको छ ।

उनिहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । पन्तको दायाँ घुडा र काधमा चोट लागेको छ भने मलासीको दाहिने खुट्टाको घुडा तल चोट लागेको बताईएको छ । बस चालक शिखर नगरपालिका ६ का केशव मल्ल प्रहरी नियन्त्रणमा रहेका छन् ।