धनगढीमा महिला तथा पूर्व प्रहरीहरु सामुहिक रुपमा च्याउखेती तर्फ आबद्ध हुदै

धनगढीमा महिला तथा पूर्व प्रहरीहरु सामुहिक रुपमा च्याउखेती तर्फ आबद्ध हुदै

धनगढी :  धनगढीमा च्याउको माग बढ्न थालेपछि च्याउ खेती गर्ने किसानहरु पनि बढिरहेका छन् । सानो क्षेत्र र थोरै मात्र लगानीमा च्याउ खेती गरिरहेका महिलाहरु समुह बनाएर च्याउ खेतीमा लागेका छन् भने नेपाल प्रहरीबाट अवकाशप्राप्त कैलालीका थुप्रै पुर्वप्रहरीले सामाजिक कामसंगै कृषि क्षेत्रमा पनि लगानी शुरु गरेका छन् ।

साना तथा मझौला कृषक आयस्तर बृद्धी आयोजनाको सहयोगमा नेपाल पुर्व प्रहरी कृषी सहकारी संस्था लिमिटेडले धनगढीको वडा नम्बर २ मा च्याउ खेती शुरु गर्न लागेको छ ।

वडा नम्बर २ का महिलाहरुले एक समुह बनाएर च्याउ खेती गर्न थालेका छन । नया कल्गि कृषक महिला समुहले च्याउ खेतीबाट मनग्य आम्दानी गरिरहेको छ । महिलाहरुले २० जनाको समुह बनाई जग्गा भाडामा लिएर च्याउ खेती गरिरहेका छन् ।

नया कल्गि कृषक महिला समुहकी अध्यक्ष रामप्यारी चौधरीले समुहमा आवद्ध हुनुभन्दा पहिला महिलाहरु एक्ला एक्लै च्याउ खेती गरिरहेको बताईन  । १२ बर्ष देखि एक्लै च्याउ खेती गरिरहेको र एक बर्ष देखि समुहमा आवद्ध भएर च्याउ खेती गरिरहेका उनले बताईन छन् ।

पहिला धान तथा गहुँ खेती मात्रै गर्ने गरेकी पूनमदेवी चौधरी अहिले समुहमा आवद्ध भएर च्याउ खेती गरिररहेकीे छन । उनले च्याउ खेतीबाट राम्रो आम्दानी भइरहेकोले आफु सन्तुष्ट भएको बताईन । यस्तै साना तथा मझौला कृषक आयस्तर बृद्धी आयोजनाको १२ लाख ३७ हजार अनुदान र १७ लाख ३७ हजार शेयर सदस्यहरुको लागतमा  पुर्व प्रहरीहरुले पनि च्याउ खेती शुरु हुन लागेको हो ।

च्याउ खेतीका लागी ७ वटा टहरा निर्माण भइसकेको र ३ वटा टहरा निर्माणधिन रहेको सहकारी संस्थाका अध्यक्ष जयरुप कार्कीले जानकारी दिए । नेपाल प्रहरीमा सेवा गरिसकेर अवकास भइसकेपछि खाली बस्नुभन्दा केही गर्नुपर्छ भन्ने हेतुले च्याउ खेती गर्ने योजना बनाएको अध्यक्ष कार्कीले बताए ।

सबै टहराको निर्माण कार्य माघ मसान्तभित्र गरिसक्ने योजनाका साथ काम तिब्र गतीमा भइरहेको उनले बताए । टहराको काम सकेर केही दिनभित्रै च्याउ हालिने उनले बताए ।

आफ्नै ठाउमा च्याउको तालिम लिन पाउदा खुसी भएको र घरमा खाली बसेर समय कटाउनुभन्दा आफ्नै ठाउमा केही गर्नुपर्छ भनेर आफु च्याउ खेतीका लागि तयार भएको स्थानीय महिला यसोदा सिंले बताईन ।

नया कल्गी महिला कृषक समुहका अध्यक्ष रामप्यारी चौधरीले हिउँदमा मात्रै गर्न सकिने च्याउन खेतीबाट आफ्नो समुहले बार्षिक रुपमा २ लाख ३० रुपैया आम्दानी गरेको बताईन  । काम नपाएको भन्दै बिदेशिने र घरमा यतिकै समय खेर फालिरहेकाहरुलाई तालिम दिएर च्याउ खेतीमा जोड्न सरकारले बिशेष पहल गर्नुपर्ने समुहमा आवद्ध महिलाहरुले बताएका छन् ।

घरमा बसेरै काम गर्न सकिने भएकोले आफुजस्तै अन्य महिलालाई पनि तालिम दिएर च्याउ खेतीमा आवद्ध गर्न सकिए महिलाहरुलाई आत्मनिर्भर पनि बनाउन सकिनेमा उनीहरु विश्वस्त छन् ।