एमाले कार्यकर्ताको ‘स्कर्टिङ’मा बालुवाटार छाडेर बालकोटतिर लागे ओली

एमाले कार्यकर्ताको ‘स्कर्टिङ’मा बालुवाटार छाडेर बालकोटतिर लागे ओली

निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।

अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओलीले  बालुवाटार छाडेका हुन् । आफ्नै निवास बालकोटमा सरेका उनलाई कार्यकर्ताले पनि स्कर्टिङ गरेका छन् ।

ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकालेर युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गर्ने नेता महेश बस्नेतले मंगलबार नै सामाजिक सञ्जालमार्फत उद्घोष गरेका थिए ।

तर भारी वर्षाका कारण र्‍याली बिथोलिएको छ । सर्वोच्च अदालतको पदमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए । देउवाले मंगलबार नै प्रधानमन्त्री पदको सपथ लिँदै कार्यभार सम्हालिसकेका छन् ।