गृहमन्त्री खाँणले सम्हाले कार्यभार

गृहमन्त्री खाँणले सम्हाले कार्यभार

गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार सम्हालेका छन् । मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका खाँणले आज गृह मन्त्रालयल पुगेर कार्यभार सम्हालेका हुन् । 

सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। 

कार्यभार सम्हाल्दै उनले कोरोना संक्रमणको जटिल अवस्थामा सबैले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए ।अग्रपंक्तिमा खटिएर सक्रिय भूमिका निर्वाह गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको प्रशंसा गर्दै उनीहरुलाई सरकारले प्रोत्साहन गर्ने र समयमै बजेट निकासा गर्ने बताए। 

फ्रन्टलाइनरको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले उनीहरुको उपचार र प्रोत्साहन समुचित हिसाबले राज्यले व्यवस्थापन गर्ने गृहमन्त्री खाँणले बताए।