विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार बुधबार विशेष अदालमा हाजिर हुनुभएको छ ।

विशेष अदालतका उपरष्ट्रिार एवं प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार ललिता निवास जग्गा प्रकरणमा मुछिनुभएका गच्छदार आज बिहान १० बजे अदालतमा हाजिर हुनुभएको हो । उहाँले अहिले गच्छदारसँग बयान लिइरहेको बताउनुभयो ।

२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।

मुद्दामा ११० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।