प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिनुभएकाे छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उहाँले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि उहाँलाई धन्यवाद दिनुभयो । कांग्रेस संसदीय दलका

नेता देउवाले मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भइ पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हाल्नुभएको थियो ।