माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा

माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । देउवा साँझ सवा ५ बजे नेता नेपालको निवास कोटेश्वर पुगेका हुन् । 

माधव नेपाल पक्षका २३ जना सांसदको समर्थनका कारण देउवा प्रधानमन्त्री बनेका थिए । सर्वोच्च अदालतबाट देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश भएपछि नेता नेपालले गठबन्धन छाड्ने बताएका थिए । 

प्रधानमन्त्री देउवाले शपथ गरेको भोलिपल्टै नेपाललाई भेटेर विश्वासको मत दिनको लागि आग्रह गर्न लागेको कांग्रेस स्रोतले बतायो ।